पानी माग्दैँ, भ्यागुताको बिहे

काठमाडाैं | असार २४, २०७९

पानी माग्दैँ, भ्यागुताको बिहे

 

बर्दिया:   बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ को मिर्चैया गाउँका स्थानीयवासीले बर्खायाममा पनि पानी नपरेर खडेरी भएपछि भ्यागुताको बिहे गरिदिएका छन् । असार महिना सकिन लाग्दा पनि आकाशबाट पानी नपरेकाले लामो खडेरीका कारण चिन्तित बनेका स्थानीय किसान भेला भइ गाउँमा पूजापाठ गरी भ्यागुताको बिहे गरिदिएका हुन् ।

 

बर्खा लागिसक्दा पनि पानी नपरेर अत्यधिक गर्मी भएर खडेरी परेपछि वर्षाका देवता इन्द्रदेवलाई खुसी बनाउन भन्दै बेला–बेला विभिन्न खाले परम्परागत जुक्ति लगाइन्छ । कतै महिलाले दौरासुरुवाल लगाएर हलो जोत्छन् त कतै महायज्ञ लगाइन्छ, कतै बाजागाजासहित भ्यागुताको बिहे गरिदिने चलन पनि छ ।

 

त्यही चलनअनुसार भ्यागुताको बिहे गरिदिएपछि पानी पर्ने जनविश्वास रहेकाले मिर्चैयाका स्थानीयवासीले पनि भ्यागुताको बिहे गरेका मिर्चैया गाउँका बडघर राजु थारुले बताउनुभयो । परम्पराअनुसार गाउँका स्थानीय बालबालिकाहरू वर्षाका देवता इन्द्रलाई पानी पारिदिन प्रार्थना गर्दै पानीको आहाल बनाएर लडीबुडी खेल्ने पनि गरेका बडघर थारुले बताउनुभयो । 

 

बर्खाको समयमा पानी नपरेपछि बर्दियाका धेरैजसो किसानले धान खेती लगाउन पाएका छैनन् भने अत्यधिक गर्मीका कारण जनजीवन पनि प्रभावित भएको छ । 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्